नियम १२
छुट्कारा दिंदा साक्षी राख्ने
(१) कारागारमा रहेका कैदीलाई छुट्कारा दि“दा नजिकको नातादार वा साथी भए निजहरु, नभए ३÷४ भलाद्मी वा नजिक अड्डा साक्षी राखी छुटकारा पाएको प्रमाणित गरी सोही दिनमा छुटुवा पूर्जीसमेत दिई छाडिदिनु पर्छ ।
(२) थुनुवालाई छाड्नु पर्दा यथाशक्य थुन्ने कार्यालयमा पठाइदिनु पर्दछ सो कार्यालय टाढा भइ सम्भव नभएमा मात्र उपनियम (१) बमोजिम गरी छाडिदिनु पर्छ ।